नियम ४
कोषमा रहने रकम
(१) कोषमा देहायका रकमहरू रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त रकम,
(ग) स्वदेशी वा विदेशी संघ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
(घ) नियम ५ बमोजिम प्राप्त रकम,
(ङ) अन्य कुनै स्रोतबाट कोषलाई प्राप्त रकम ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कोषले विदेशी सरकार, अन्तर्राष्ट्रिय वा विदेशी संघ संस्थाबाट कुनै पनि किसिमको रकम, उपहार वा सहयोग प्राप्त गर्नु अगावै नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।